अनेरास्ववियुको ब्यानर राखी बाढी पीडितलाई राहत दिन खोज्दा मेलम्चीमा झडप (भिडियो)

सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा विवाद भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झडप भएको हो । पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको लोप्सन लामाले बताएका छन् । स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।
मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर टीकाराम राई*ले रातोपाटीलाई जानकारी दिए ।
अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको हो । अहिले परिस्थिति सामान्य बनेको राईले जानकारी दिए । गत मंगलबार मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारमा दर्जन बढी घर डुबानमा परेपछि प्रभावितहरु इन्द्रेश्वरी माविमा आश्रय लिएर बसेका छन् ।
*यसअघि टीकाराम राईको नाम अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष
-
नागढुङ्गा–नौबिसे सडकखण्ड राति बन्द हुने
-
सर्लाहीमा हतियारसहित युवक पक्राउ
-
बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता
-
लेबर पार्टीले जित्यो अस्ट्रेलियाको चुनाव