बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपुरथिमि नगरपालिकाकै गेटअगाडि सडकको विजोग, स्थानीयले घेरे कार्यालय

शुक्रबार, ०४ असार २०७८, १५ : ५९
शुक्रबार, ०४ असार २०७८

मध्यपुरथिमि सडकको स्तरउन्नती हुन नसकेको धेरै भयो । पटक–पटक आफुहरुले ज्ञापन पत्र दिदाँपनि सडक कालोपत्रे नभएकाले विरोध गर्नु परेको स्थानीयको भनाइ छ । शुक्रबार वडा नम्बर–६ का स्थानीयहरुले नगरपालिका अगाडिकै सडक लामो समयसम्म पनि स्तरउन्नती नभएको र वर्षायाममा हिलोले गर्दा आवतजावतमा समस्या भएको भन्दै विरोध गरेका हुन् ।

‘नगरपालिकाकै गेट अगाडीको सडकको अवस्थाले नगरमा कस्तो विकास भएको छ भन्ने देखिन्छ,’ स्थानीय लक्ष्मी शोभा प्रजापतिले रातोपाटीसँग कुरा गर्दै भनिन् । दुई वर्षभन्दा धेरै समय सडक कालोपत्रे नभएको प्रजापतिको भनाइ छ ।

करिव ३ सय मिटर सडक कालोपत्रे गर्न नगरपालिका कहिले सीमांकन त कहिले विद्युत लाइन विस्तारको कुरा गरेर टार्ने गरेको प्रजापतिको आरोप छ ।

ढल विस्तारको क्रममा खनिएको सडक अहिले आएर विद्युतको लाइन भूमिगत गर्ने भन्दै काम रोक्ने बहना गरेको स्थानीयहरुको आरोप छ । नगरपालिका अगाडीको सडकमा विगत लामो समयदेखि वर्षामा हिलो र गर्मीमा धुलोको पीडा भोग्नु परेको उनीहरुको भनाइ छ । पटक–पटक नगरप्रमुखसँग वार्ता भएपनि समस्याको हल नभएकाले आन्दोलन गर्नुपरेको उनीहरुले बताए । नगरपालिकाले स्थानीय बासिन्दाहरूको स्वास्थ्य माथि खेलवाड गरेको उनीहरुको भनाइ छ ।

कार्यालयभित्र आज बसिरहेको बेला स्थानीयहरूले नगरपालिकाको गेट अगाडी धर्ना बसेर विरोध गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप