शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरको नगरसभा स्थगित

शुक्रबार, ०४ असार २०७८, २३ : ३८
शुक्रबार, ०४ असार २०७८

काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष २०७८–२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ ।  असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।  तर, उपमेयसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए । यसअघि आफूसँग कुनै सल्लाह नगरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै काँग्रेसका जनप्रतिनिधिले विरोध गरेका थिए । 

‘काठमाडौँ महानगरपालिकाको नवौँ अधिवेशन हिजोबाट सुरु भयो । हिजोको बैठकमा नेपाली काँग्रेसका तर्फबाट उपमेयर लगायत धेरैजसो साथीहरु अनुपस्थित रहनुभयो,’ शाक्यले भने, ‘सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्ने विगतको परम्परा अनुसार हिजोको बैठक स्थगन गरेर आजलाई राखेका थियौँ । मैले हिजो नै उपमेयर लगायत अन्य साथीहरुसँग पनि छलफल गरेँ ।  आज बिहान पनि उपमेयर लगायतका नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुसँग छलफल भयो । उहाँहरुले नीति–तथा कार्यक्रम अध्ययन गर्न दुई दिनको समय माग गर्नुभयो । त्यहि अनुसार आज बैठक बसेर आइतबार ११ बजे सभागृहमै नीति–तथा कार्यक्रममाथिको छलफल गर्ने गरी नवौँ अधिवेशन स्थगन गरिएको छ ।’ 

प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली काँग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको पनि स्मरण  गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप