गृहमन्त्री र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीको बैठक सिंहदरबारमा

गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गरेकी छिन् । कात्तिक २६ र मंसिर ३ मा चुनावको घोषण गरेपछि सो कदम विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।
यो पनि
दोलखामा नदी खोल्दैछौं, हेलम्बुमा सोलार पठायौं : गृहमन्त्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो