गृहमन्त्री र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीको बैठक सिंहदरबारमा
गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गरेकी छिन् । कात्तिक २६ र मंसिर ३ मा चुनावको घोषण गरेपछि सो कदम विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।
यो पनि
दोलखामा नदी खोल्दैछौं, हेलम्बुमा सोलार पठायौं : गृहमन्त्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण