बाख्रा गोठबाट अवैध हातहतियार बरामद
आइतबार, ०६ असार २०७८, १८ : १९
प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित एक बाख्रा गोठबाट हातहतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका–८ लोहरौला बस्ने अस्लम मुसलमानको बाख्राको गोठबाट दुई थान बाह्रबोर बन्दुक, पाँच थान जङ्गी राउन्ड गोली, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, तीनसय ग्राम बारुद जस्तो देखिने कालो धुलो, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने तीनवटा जाल बरामद गरिएको हो । हतियार बरामद भएलगत्तै घरधनी मुसलमान भने फरार भएका छन् ।
हातहतियार लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्ज र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा हातहतियार बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण