उपेन्द्र यादव पक्षले महन्थ ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गराउँदै
जनता समाजवादी पार्टी निकट कानून व्यवसायीले महन्थ ठाकुर र राजेन्द्र महतो समूहविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने भएको छ । अल्पमतमा परेका जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै अध्यक्ष यादव पक्ष निकट कानून व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेको उपेन्द्र यादवको नीजि सचिवालयले जनाएको छ ।
संघीय कानून व्यवसायी संघका अध्यक्ष दिपक राईलगायतका अधिवक्ताहरूले मुद्दा दर्ताको लागि तयारी सुरु गरेको बताइएको छ । ‘अर्को प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुर लगायतले दूरुप्रयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ’ अधिवक्ता राईले भने, ‘कीर्ते जालसाजी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता गर्न मिल्छ, यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउँछौ ।’
यादव पक्षले आफ्नो समूह जसपाको आधिकारिक भएको दावी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ । अध्यक्ष ठाकुरले गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले दिएको अधिकारअनुसार आफूले कार्यकारिणी समिति सदस्यलाई हेरफेर गरेको भन्दै आएका छन् ।
उपेन्द्र यादव पक्षका २० जना हटाएर उनले आफ्नो पक्षका २० जना राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् । यादव पक्षले त्यो दिन यो खालको कुनै निर्णय नै नभएको भन्दै आएको छ । त्यो दिन भएको निर्णयको विज्ञप्तिमा ठाकुर र यादव दुवैजनाको हस्ताक्षर रहेको छ भने सोही निर्णयलाई पार्टीभित्र सर्कुलर गरिएको छ । त्यसमा पनि अध्यक्ष ठाकुरलाई त्यस्तो जिम्मेवारी दिएको कतै उल्लेख गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण