५१ कम्पनीको नाम सार्वजनिक मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल धितोपत्र बोर्डविरुद्ध परेको ५१ कम्पनीको नाम सार्वजनिक मुद्दाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले बोर्डमाथि कारण देखाउ अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अधिवक्ता रविन बोहजुसमेतले गत जेठ २८ गते धितोपत्र बोर्डले ५१ कम्पनीको लगानी जोखिमयुक्त भएको भन्दै जारी गरेको सूचना विरुद्ध सर्वोच्चमा कारण देखाउ रिट दायर गर्दै अन्तरिम आदेश माग गरेका थिए । तर आइतबार सर्वोच्च अदालतले बोर्डलाई सूचनामा उल्लिखित ५१ कम्पनीको आर्थिक अवस्थाको जानकारी सर्वसाधारणलाई दिँदा निवेदकको निर्विवाद हक छिनिएको नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
योसँगै धितोपत्र बोर्डलाई ती कम्पनीको कारोबारका विषयमा थप अध्ययन गर्न बाटो खुलेको छ । तर, सर्वोच्चले त्यसरी छानबिन गर्ने कारणसहित १५ दिनभित्र जवाफ पेस गर्न बोर्डलाई भनेको छ । गत मंगलबार धितोपत्र बोर्डले सेयर बजारमा चलखेल गरेर अस्वभाविक सेयर मूल्य वृद्धि गरेको भन्दै ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो । योसँगै बजारमा बोर्डको तिब्र आलोचना हुँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण