शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव थापाको मृत्यु

सोमबार, ०७ असार २०७८, १३ : ३९
सोमबार, ०७ असार २०७८

मोरङमा टिपरको ठक्करबाट नेपाली काँग्रेस धनकुटाका सचिव कृष्ण थापाको मृत्यु भएको छ। धनकुटाबाट झापा जाने क्रममा आइतबार राति ७ः ४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका ४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको छ । थापा काँग्रेस धनकुटाका जिल्ला सचिव हुन् भने शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी हुन्।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। को ३६ प ५९७९ नम्बरको मोटरसाइकलमा सवार कृष्णबहादुरलाई सुन्दरहरैचा नगरपालिका ९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकल पनि दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति मृत्यु भएको हो ।

धनकुटा जिल्ला प्राख्रिवास नगरपालिका ७ मुगा निवासी थापा नेपाली काँग्रेस धनकुटा र राप्रपा धनकुटाबीच गत चैत अन्तिममा समायोजनको क्रममा नेपाली काँग्रेस धनकुटा सचिवको जिम्मेवारीमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप