नेप्सेमा उच्च अंकको गिरावट, एकैदिन ७१.०६ अंकले बजार झर्यो
सोमबार, ०७ असार २०७८, १५ : ४०
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार उच्च अंकको गिरावट आएको छ। गत आइतबार अधिकतम ६३.२८ अंकले घटेको नेप्से परिसूचक सोमबार एकैदिन थप ७१.०६ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ ।
तथापि, सेयर बजारमा उच्च गिरावट आइरहँदा यता कारोबार रकम भने झण्डै १२ अर्ब रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर एक लाख ३० हजार ३९७ पटक किनबेच हुँदा कुल ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँको कारोबार भएको छ । गत कारोबार दिन जस्तै यस दिन पनि नेप्से परिसूचकका सबै समूहहरु ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण