रुपन्देहीमा निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर बिजोर प्रणाली
रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालयसहित निजी सवारी साधन खोल्ने निर्णय समेत गरेको छ ।
नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र सरकारी कार्यालयहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए ।
उनका अनुसार बैठकले विवाहका लागि दुईवटा साना सवारी साधनमा बढीमा १० जनासम्म जन्ती जान पाइने नियम बनाएको छ भने सार्वजनिक भेला, महोत्सव, सभा, जुलुस लगायतका क्रियाकलाप सञ्चालन गर्न नपाइने यसअघिको निर्णयलाई निरन्तरता दिएको छ ।
त्यस्तै होटल, पार्टी प्यालेस तथा रेष्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी सञ्चालन गर्न पनि रोक लगाइएको थापाले जानकारी दिए । सार्वजनिक सवारी साधन भने अझै खुला गरिएको छैन । बैशाख १६ गतेबाट यहाँ निषेधाज्ञा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण