‘को होला त्यो’मा पल र प्रकृतिको रोमान्स
लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको हिट गीत फिमेल भर्सनमा पनि रिलिज भएको छ। आकर्षक भिडियो सहित रिलिज गीतमा गायिका अस्मिता अधिकारीको स्वर समेटिएको छ ।
सुनिलकै शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ । निषेधाज्ञा अगाडी कालिन्चोक, चरिकोट मुडे लगायतका रमणीय स्थानमा छायाँंकन गरिएको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री प्रकृति श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
गायक गिरीले ८ वर्ष अगाडी पल र प्रकृतिलाई नै लिएर यो गीतको पुरुष भर्सनमा भिडियो बनाएका थिए । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो । ८ वर्ष पछि सोही टिम दोहोरीएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीको रहेको छ ।
अनिल कृष्ण मानन्धरको छायाँंकन र निर्देशन रहेको भिडियोमा सम्पादन र कलरिगं मनोज कार्कीले गरेका छन् ।
सार्वजनिक गीतमा टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा उत्कृष्ट एकलाई पुरस्कृत गरिने गिरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण