चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते
चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र अस्थायी प्रहरी चौकी छितापोखरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा चट्याङबाट जोगिन विभिन्न ठाउँमा अर्थिङ जडान गरिएको छ । चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न ठाउँमा अर्थिङ जडान गरेका हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा रहेकालाई ९ प्रतिशत ब्याजदरमा लगानी गर्ने अवसर
-
गठबन्धनमा समस्या छैन : देव गुरुङ
-
१.३ अर्ब डलरको चिट्ठा जितेका क्यान्सरपीडित भन्छन्– कहिलेसम्म बाँच्छु, थाहा छैन
-
अदालतले प्रतिशोध राख्न हुँदैनः दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
एमाले पर्साको निर्वाचनमा विवाद, धाँधली भएको भन्दै तालाबन्दी