गल्ती स्वीकार गरेर आउँछन् भने ओलीलाई स्वागत छ : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताएका छन् ।
बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले आफुहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको बताएका हुन् ।
‘देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो’नेता नेपालको भनाइ छ ।
उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए ।
‘देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालको भनाइ छ ।
उनले ओलीले गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
-
कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण