प्रदेश १ मा ९५३ संक्रमणमुक्त, ३५७ संक्रमित थपिए
प्रदेश १ मा आज ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, तेह्रथुममा ४, इलाम र भोजपुरमा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको बिर्तामोडमा ३७, मेची नगरमा १५, दमकमा १३, भद्रपुरमा १०, कनकाईमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, बाह्रदशीमा ३, गौरादह र शिवसताक्षीमा २–२ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ३६, बेलबारीमा २२, लेटाङमा १०, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ५, उर्लाबारीमा ४, रतुवामाई, कटहरी, बुढीगंगा र कानेपोखरीमा २–२, सुनवर्षी, केराबारी, मिक्लाजुङ र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ४८, धरानमा २३, इनरुवामा २, बराहक्षेत्र, बर्जु, भोक्राहानरसिंह, गढी, दुहवी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि पाँचथरको फिदिममा २७, कुम्बायकमा २ र याङवरकमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ४, लालीगुराँस, छथर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको सभापोखरीमा ६ र खाँदबारीमा १, तेह्रथुमको म्याङलुङमा ४, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङ, खोटाङको केपिलसगढी र उदयपुरको उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ९६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ३७४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६२ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण