कर्णालीका उर्जामन्त्री भन्छन्– असारे विकासको अन्त्य हुन आवश्यक छ
कर्णाली प्रदेशमा जलस्रोत तथा उर्जामन्त्री दीनबन्धु श्रेष्ठले असारे विकासको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका काम प्रभावकारी नहुने भएकाले तोकिएकै समयमा कार्यान्वयन गर्ने परम्पराको विकास गर्न आवश्यक रहेको उनले बताएका हुन् ।
उनले असारको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने अहिलेको परम्पराको अन्त्य गर्नुपर्ने बताए । शुक्रबार मन्त्रालयका सचिव, योजना महाशाखा प्रमुख र १० वटै जिल्लाका कार्यालय प्रमुखसँगको बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासको कामले गुणस्तरमा प्रश्न उठ्ने भएकाले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटलाई समयमै कार्यान्वयन गर्नेतर्फ अहिले देखिनै योजना बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । आगामी आर्थिक वर्षको बजेट मन्त्रालयले वितरणमुखी नभएर कार्यान्वयनमुखी ल्याएकोले समयमै सम्पन्न गर्नका लागि अहिले देखिनै योजना बनाउन लाग्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘कर्णालीका विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर छ । अब सच्याउँदै लिनुपर्छ ।’
मन्त्रालयबाट बजेटको अख्तियारी पाउनासाथ कार्यान्वयनतर्फ लागे समयमै कामहरु सम्पन्न हुन्छन्, असार कुर्नुपर्दैन । त्यसका लागि सबै कार्यालयहरूले कार्ययोजना बनाएर काम गर्नु आवश्यक छ ।’ मन्त्री श्रेष्ठले विकास निर्माणका कामहरु प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण