मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सोमबार कुन-कुन राशिका लागि शुभ ?

सोमबार, १४ असार २०७८, ०६ : १३
सोमबार, १४ असार २०७८

विसं २०७८ साल असार १४ गते । सोमबार । इस्वी सन् २०२१ जुन २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– चतृर्थी, ३१ घडी ३२ पला,  बेलुकी ०५ बजेर ४९ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– धनिष्ठा, ५९ घडी १४ पला, रातको ०४ बजेर ५४ मिनेट उप्रान्त शतभिषा । योग– विष्कुम्भ, ३२  घडी ५६ पला,  बेलुकी ०६ बजेर २२ मिनेट उप्रान्त प्रीति । करण–बव, बिहान ०६ बजेर १९ मिनेट उप्रान्त बालव, बेलुकी ०५ बजेर ४९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मकर, बेलुकी ०४ बजेर ५५ मिनेट उप्रान्त कुम्भ । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३३ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)
धर्म कर्ममा मन जाने हुनाले दिनभरजसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रभाह गर्नेहरूलाई रिजाएर महत्त्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । दैनिक उपभोग्य बस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदी बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैक तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । पढाइलेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस, जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । साझको समय रहेकाले सवारी साधन वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)
वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायालयबाट हुने निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । मायाप्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछन् । खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मावली पक्षबाट तपाईंको काममा आर्थिक सहयोग हुनेछ ।
 
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । छातीसम्बन्धी सामान्य समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धी हरूले काममा अवरोध पु¥याउन सक्छन, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ । साझको समय राम्रो रहेकाले कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगबाट फाइदा हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ । साझको समय मध्ययम रहेकाले यात्रा गर्दा ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आफन्त तथा सहयोगीको साथ पाइने  हुनाले जस्तोसुकै परिस्थितिहरूको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइलेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
 
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
सामाजिक काम समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरू सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रूपमा सुदृढ हुने समय रहेको छ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर खिच्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा काम थाँती रहनेछन् । व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । साँझको समय राम्रो रहेकाले दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
 
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) 
दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको प्रयोग गरी मनग्य धन आर्जन गर्न सकिनेछ । पढाइलेखाइमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा विशेष रुचि बढ्नेछ । साँझको समय मध्यम रहेकाले बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप