‘उत्तर कोरियाली नेता किम जोङको घट्दो तौलका कारण जनता चिन्तित’
हालै उत्तर कोरियाली नेता किम जोङ उनले एक सभामा देखिएका थिए । यो सभामा पुगेका किम जोङ उनको एउटा भिडियो फुटेज निकै चर्चामा छ ।
यो सभाको एउटा भिडियो फुटेजमा उत्तर कोरियाली नेता पहिलाको तुलनामा निकै दुब्ला देखिएका छन् ।
सरकार नियन्त्रित मिडियाले आफ्नो एक खबरमा किमको खस्कँदो तौलका कारण देशका जनता चिन्तित भएको बताएको छ ।
रोयटर्स न्यूज एजेन्सीले उत्तर कोरियाको सरकार नियन्त्रित मिडियालाई उद्धृत गर्दै लेखेको छ, ‘किमको हालैको फुटेज देखिएपछि उत्तर कोरियाका जो कोही मानिस किमको स्वास्थ्यको विषयमा दुःखी छन् ।’
सरकारी मिडियाले यो कुरा प्योंगयाङका एक व्यक्तिसँगको कुराकानीको आधारमा बताएको छ ।
किमको स्वास्थ्यको विषयमा जून महिनामा नै सार्वजनिक बयान आएको थियो । यो बयान विदेशी विश्लेषकको ती टिप्पणी पछि आएको थियो जसमा उनीहरुले किम जोंग उनको स्वास्थ्यको विषयमा टिप्पणी गरेका थिए ।
विश्लेषकले ३७ वर्षका शासकको शारीरिक तौलमा स्पष्ट फरक देखिएको स्पष्ट शब्दमा भनेका छन् ।
सरकारी मिडिया केआरटीले शुक्रबार एक व्यक्तिको अन्तरवार्ता प्रकाशित गरेको थियो । यी व्यक्तिले भने, ‘किम जोंग उनको खस्कँदो स्वास्थ्य देखेर हाम्रो मन दुःखी भएको छ ।’
यद्यपि, किम जोंग उनको जुन भिडियो क्लिप चर्चामा छ, रोयटर्सले त्यसलाई नीजि रुपमा पुष्टि त गरेको छैन तर यसअघि पनि किम जोंग उनको स्वास्थ्यको विषयमा विभिन्न प्रकारको अड्कलबाजी लगाइएको थियो ।
अघिल्लो वर्ष पनि उनको स्वास्थ्यको विषयमा विभिन्न प्रकारको कुरा सार्वजनिक भएको थियो । पछि दक्षिण कोरियाले एक बयान जारी गर्दै उक्त रिपोर्टमा कुनै वास्तविकता नभएको जसमा उत्तर कोरियाका नेता किम जोंग उनको मुटुको शल्यक्रियापछि गम्भीर रुपमा बिरामी छन् भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण