संसद विघटन विरुद्ध पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने
संसद विघटन विरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने भएका छन् । सोमबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी),अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद विघटन विरुद्ध काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने गर्ने निर्णय गरेको हो ।
बैठकले संसद विघटन विरुद्ध सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् । संवैधानिक व्यवस्थाअनुसार अदालतले संसद पुनर्स्थापना गर्नेमा समेत ती संगठनहरुले विश्वास व्यक्त गरेका छन् ।
यस्तै विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरूका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपति समक्ष संयुक्त डेलिकेसन जाने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लकडाउन अवधिको शूल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै शूल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
विज्ञप्तिमा मन्त्रीजस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तिब्र विरोध गर्दै ती संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण