संसदको अधिकार अपहरण, राष्ट्रपति कार्यालयबाट अतिक्रमण : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताएका छन् । सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाए ।
‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ,’ उनले भने, ‘अदालतले गरेका निर्णयको उल्लंघन भएको छ ।’ उनले संसदको पटकपटक अवमूल्यन भएको बताए । संसदलाई जीवन्त राख्न आफूले प्रयत्न गरिरहेको उनको भनाइ थियो । उनले संविधानतः आफ्नो भूमिका तटस्थ रहनुपर्ने तर त्यो तटस्थता संविधानको रक्षार्थ तथा जनताको हितका सन्दर्भमा केन्द्रित रहने बताए ।
यसअघि नै अदालतको फैसलाअनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफल गरेको पनि उनले जानकारी दिए । ‘सर्वदलीय बैठक गरौं भनेको थिएँ,’ उनले भने, ‘उहाँले केही समयपछि गरौं भन्नुभयो ।’
आफूले नागरिकता विधेयकको बारेमा पनि कुरा राखेको तर प्रधानमन्त्री ओलीले ध्यानाकर्षण भएको छ भनेर जवाफ दिएको उनले सुनाए । उनले भने, ‘राज्यका तीन अंगले के गरिरहेका छन् भन्ने जनतालाई जानकारी दिनुपर्छ, छलफल र बहस गर्नुपर्छ ।’
प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै उनले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने भन्दै लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण