सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

वरिष्ठ गायक माणिक रत्नलाई ‘अजर अमर सम्मान’

बुधबार, १६ असार २०७८, १२ : ०४
बुधबार, १६ असार २०७८

वरिष्ठ गायक एवं संगीतकार माणिक रत्न स्थापितलाई ‘अजर अमर सम्मान २०७८’ प्रदान गरिएको छ । १ लाख १ सय ११ रुपैयाँ नगदसहितको सो सम्मान  यो वर्ष संगीतकार संघ नेपालले उनलाई प्रदान गरेको हो ।
संघका संरक्षक शम्भुजित बास्कोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापालगायत ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमा पुगेर हालै सम्मान हस्तान्तरण गरेका हुन् । 

स्वास्थ्य उपचारपछि घरमै स्वास्थ्यलाभ गरिरहेका माणिक रत्नले सम्मान पाउदा खुसी समेत ब्यक्त गरेका थिए । कोरोनाको कहर सामान्य भएपछि कार्यक्रम मार्फत संम्मानलाई औपचारिकता दिने संघले जानकारी दिएको छ । माणिक रत्नका थुप्रै गीतसंगीत नेपाली सांगीतिक आकाशमा हिट छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप