म केही गरौं भन्छु, शेरबहादुरजी होइन होइन भन्नुहुन्छ : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहका कारण आगामी कदम चाल्न नसकेको बताएका छन् । विपक्षी गठबन्धनले लेखक तथा बुद्धिजीवीसँग आयोजना गरेको अन्तरक्रियामा नेता नेपालले भने, ‘मैले केही गरौं भनेर भन्दा शेरबहादुरजीले होइन, होइन अदालतको फैसलासम्म केही नगरौं भन्नुहुन्छ ।’ तर नेपालले आफूले गर्न लागेको कुरा भने खुलाएनन् ।
देउवाको भनाई ठीक रहेको भन्दै मूल्यको राजनीति गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘उहाँको कुरा ठीक पनि हो । त्यसैले हामी भनिरहेका छौं, जेसुकै भए पनि मूल्यको राजनीति गरौं ।’
नेता नेपालले आफूहरूबाट केपी ओली प्रवृतिको पुनरावृत्ति नहुने बताए ।
नेपालले भने, ‘यो ओली प्रवृत्ति विरुद्धको लडाईं हो । यो पुनरावृत्ति हुँदैन । यस्ता पत्र कि त सालभन्दा पहिला थिए होला । त्यसपछि छैन । राजा महेन्द्र हुन भने एउटा कुरा होइन । होइन भने यस्ता पात्र पाइँदैन ।’
‘नेपालले अहिले देश, व्यवस्था र संविधान संकटग्रस्त रहेको बताए । कतिपय विधि सुन्दाखेरी कतिपय गतिविधि हेर्दाखेरि त्यसले राम्रो संकेत दिएको छैन’ नेपालले भने, ‘यो देश जोगाउने अभिभारा तपाईंहरुको हो । हाम्रो हो । त्यसपछि हामी सबै कुरामा परिवर्तन गर्न सक्छौ’ नेपालले भने ।
उनले पूर्वप्रधानमन्त्री क्लब बनाउन खोजेपनि सफल हुन नसकेको बताए । इस्युमा केन्द्रित भएर पार्टी र गठबन्धनभित्र छलफल नहुन नसकेको उनको बताए ।
राजनीतिक परिवर्तन संस्थागत गर्न शासक र जनतामा परिवर्तन आउनु आवश्यक रहेको उनको बुझाइ छ ।
नेपालले भने, ‘सौभाग्यवस मैले ३ वटा संविधान निर्माणमा जोडिने अवसर पाएँ । मेरो अनुभव के छ भने सजिलो केही पनि छैन । घर व्यवहार सजिलो छैन । पार्टी चलाउन सजिलो छैन । गाह्रो छ । त्यसैले जहिले पनि एड्जस्टमेन्ट गर्नुपर्ने हुन्छ । एड्जस्टमेन्ट गर्ने तहसम्म गर्ने हो । सीमा नाघेपछि विद्रोह हुन्छ ।’
आफ्नो पार्टीभित्रको अन्तर संघर्षले आफू को हुँ भन्न पनि गाह्रो रहेको उनले बताए । उनले थपे, ‘अहिले उहाँहरूको भन्दा मेरो स्थिति अलि फरक छ । म के हुँ भनेर भन्न पनि बडा गाह्रो छ । गाह्रो छ नि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण