आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कमला नदीको भंगालोमा फसेका ४ जनाको सकुशल उद्दार

बुधबार, १६ असार २०७८, २३ : ३८
बुधबार, १६ असार २०७८

सुरक्षाकर्मीको टोलीले कमला नदीमा पानीको बहाव बढेपछि नदीको भंगालोमा फसेका ३ महिलासहित एक साधुको सकुशल उद्दार गरेको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ सुन्दरपुरका ३ महिला र धनुषाका एक पुरुष (साधु बाबा)लाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्दार गरेको हो ।

सिरहा र धनुषाको सिमानाबाट उनीहरुको उद्दार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कमला नदीमा घाँस काट्न गएका बेला अचानक पानीको बहाव बढेपछि उनीहरु भंगालोमा फसेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप