सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ माथि  विभेद गरियो : मुख्यमन्त्री राउत

बुधबार, १६ असार २०७८, २३ : ५१
बुधबार, १६ असार २०७८

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा ओली सरकार उदासिन रहेको आरोप लगाएका छन् । सिरहाको विष्णुपुर गाउँपालिकाको सातौं गाउँसभा उद्घाटनको क्रममा उनले सो आरोप लगाएका हुन् ।

मुख्यमन्त्री राउतले संघीय सरकारले १०/२० लाखका योजनाहरुमा समेत आफै हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै स्थानीय र प्रदेश सरकारमाथि विभेद गरेको बताए । उनले भने, ‘यो केन्द्र सरकारले गरेको संघीयतामाथिकै प्रहार हो ।’ मुख्यमन्त्री राउतले बजेट विनियोजनमा समेत केन्द्रीय सरकारले  प्रदेश नम्बर २ माथि  विभेद गरेको आरोप लगाए ।  उनले भने, ‘जनसंख्याको हिसावले सबभन्दा धेरै जनघनत्व भएको र कर्णाली प्रदेशभन्दा पनि कमजोर रहेको प्रदेश २ लाई थोरै बजेट दिएर विभेद गरिएको छ, यो संघीयताको बर्खिलाप हो ।’

उनले प्रधानमन्त्रीसँगको बैठकमा आफुले जनसंख्या र गरिवीलाई आधार बनाएर बजेट विनियोजन गर्न माग गर्दै आएको समेत बताए ।  गाउँपालिका प्रमुख जागेश्वर यादवको अध्यक्षतामा सम्पन्न गाउँ सभाले आर्थिक वर्ष ०७८÷७९ को लागि ३५ करोडको बजेट सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप