प्रदेश नम्बर २ माथि विभेद गरियो : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा ओली सरकार उदासिन रहेको आरोप लगाएका छन् । सिरहाको विष्णुपुर गाउँपालिकाको सातौं गाउँसभा उद्घाटनको क्रममा उनले सो आरोप लगाएका हुन् ।
मुख्यमन्त्री राउतले संघीय सरकारले १०/२० लाखका योजनाहरुमा समेत आफै हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै स्थानीय र प्रदेश सरकारमाथि विभेद गरेको बताए । उनले भने, ‘यो केन्द्र सरकारले गरेको संघीयतामाथिकै प्रहार हो ।’ मुख्यमन्त्री राउतले बजेट विनियोजनमा समेत केन्द्रीय सरकारले प्रदेश नम्बर २ माथि विभेद गरेको आरोप लगाए । उनले भने, ‘जनसंख्याको हिसावले सबभन्दा धेरै जनघनत्व भएको र कर्णाली प्रदेशभन्दा पनि कमजोर रहेको प्रदेश २ लाई थोरै बजेट दिएर विभेद गरिएको छ, यो संघीयताको बर्खिलाप हो ।’
उनले प्रधानमन्त्रीसँगको बैठकमा आफुले जनसंख्या र गरिवीलाई आधार बनाएर बजेट विनियोजन गर्न माग गर्दै आएको समेत बताए । गाउँपालिका प्रमुख जागेश्वर यादवको अध्यक्षतामा सम्पन्न गाउँ सभाले आर्थिक वर्ष ०७८÷७९ को लागि ३५ करोडको बजेट सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण