सरकारले खुद्रा बजेट ल्यायो : सांसद दाहाल
बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहालले तीनै सरकारसँगको सहकार्यमा कोरोना विरुद्धको खोप खरिदका लागि केन्द्रीत हुनुपर्ने र आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । बिहीबार बसेको प्रदेशसभाको बैठक माथि छलफलमा भाग लिँदै उनले बागमती प्रदेश सरकारको बजेट खुद्रा भएको भन्दै प्रदेश सरकारले बजेट ल्याउँदा थोक र परिणाममुखी बजेट ल्याउनुपर्ने बताए ।
जनताका इच्छा आकांक्षाअनुसार बजेट नआएको भन्दै बजेटमा व्यापक संशोधन गर्न माग गरे । विगतका बजेटहरुको समिक्षा गर्न छोडेर सरकार मन्त्री र सत्तापक्षका सांसदहरुको इच्छाअनुसार बजेट ल्याएका कारण जनअपेक्षा अनुसारको बजेट आउन नसकेको उनले बताए ।
विपद् कोषमा प्रयाप्त बजेट नहुँदा हाल देखिएको संकटमा सरकार निरीह बनेको भन्दै उनले सरकारको बजेट विपद् व्यवस्थापनतर्फ हुनुपर्ने उनको भनाई छ । खर्च गर्न नसक्ने योजनाहरुमा बढी बजेट विनियोजन र टुक्रे योजनाहरुमा सरकार केन्द्रीत रहेकाले हरेक वर्ष बजेट खर्च निराशाजनक हुने गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण