राप्रपाका ५ सय ७८ नेता कार्यकर्ता काँग्रेस प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य श्याम लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परित्याग गरी लामासहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।
काँग्रेस प्रवेश गर्नेहरूमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार मनिता तामाङ, पिडागाउँ समिति अध्यक्ष विजय भण्डारी, क्षेत्रीय सदस्य प्रबिण तामाङ, क्षेत्रीय सदस्य धर्म खतिवडासहित धादिङका ५ सय ७८ जना नेता तथा कार्यकर्ता रहेका छन् ।
बुढानिलकण्ठ आएर आज ४१ जना काँग्रेस प्रवेश गरेपनि अन्य नेता तथा कार्यकर्तालाई धादिङमा नै कार्यक्रमसहित औपचारिक रुपमा पार्टी प्रवेश गर्ने रुपाखेतीले बताए ।
पार्टी प्रवेश कार्यक्रममा काँग्रेस सहमहामन्त्रीद्वय प्रकाशशरण महत र सुनिल थापा पनि उपस्थित थिए ।
नवप्रवेशीलाई सभापति देउवा, सहमहान्त्री महत र थापाले स्वागत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण