राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्छ : ओली
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले एमाले र सरकारका विरुद्ध स्याल हुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताए ।
शुक्रबार बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका सवालमा समस्या देखिएको बताउँदै भने– ‘राजनीतिक दलले अराजकतामा, अनुशासन उलंघन गर्नुलाई बहादुरी ठान्ने, देशलाई अनुशासन र छाडा प्रवृत्तितर्फ लैजान खोजिएको छ ।’
उनले केही जरुरी र महत्वका विषयलाई न्याय गर्ने समेत बताए । ओलीले अदालतलाई दबाब दिने र पार्टी एकतालाई कमजोर पार्ने प्रयासहरु भैरहेको बताउँदै भने– ‘आफ्नो सरकार ढाल्ने, दलीय अनुशासन उलंघन गर्ने र अराजकता सृजना गर्ने काम भैरहेका छन् ।’ उनले राष्ट्रपतिमाथि समेत हरेक ठाउँमा औँला उठाउने र निकृष्ट तबरमा उर्लिने काम भैरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण