शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘प्रेम गीत–३’ को सकियो हिन्दी डबिङ, रिलिज कहिले ?

शुक्रबार, १८ असार २०७८, १५ : ०७
शुक्रबार, १८ असार २०७८

फिल्म ‘प्रेम गीत–३’कोे हिन्दी डबिङ सकिएको छ । निर्माता सन्तोष सेनले फिल्मको हिन्दी डबिङ मुम्बईमा सकिएको जानकारी दिए । फिल्म सम्पादन सकिएको विषयमा सेनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट समेत गरेका छन् । जसमा सञ्जल संकलाले ‘प्रेम गीत–३’ को हिन्दी भर्सन सम्पादन राम्रोसँग गरेको उल्लेख छ ।

‘भाषागत हिसाबमा ‘प्रेम गीत–३’ को टेबलको काम सकियो । भारतका चर्चित सम्पादक सञ्जय संकला जसले कुछ् कुछ् होता है, कल हो ना हो, राउडी राठोर, प्रेम रतन धन पायो, धमलालगायत सयौं चलचित्रमा आफ्नो कुशलता देखाइसक्नु भएको छ’ सन्तोषले अगाडि भने–‘उनै दिग्गजमार्फत हाम्रो चलचित्रलाई पनि सुनमा सुगन्ध थप्न कुनै कसर बाँकी राखेका छैनौं ।’

सञ्जयले सय/दुईसय करोडका चलचित्रमा काम गरे पनि सानो इन्डस्ट्रीबाट आएको आफ्नो चलचित्रलाई उत्तिकै प्राथमिकता दिएर काम गरेकोमा सेन खुसी ब्यक्त गर्दछन् । सेनाले सञ्जयले मुक्त कण्ठले चलचित्रको लोकेशन, कलाकार र सिङ्गो चलचित्रको समेत तारिफ गरेको जनाएका छन् । 

सेनले ‘प्रेम गीत–३’ हिन्दीको हिन्दी भर्सन तयार गरेर भारतमा रिलिज गर्ने तयारी गरिरहेका हुन् । यो कामका लागि उनी लामो समयदेखि भारतमै छन् । ५०० देखि हजारवटा स्क्रिनमा रिलिज गर्ने उनको तयारी छ । यसका लागि वितरकले बचन दिइसकेको उनले बताए । 

महंगो लगानीमा निर्माण भएको ‘प्रेम गीत ३’ ले भारतमा नेपाली चलचित्रको ढोका खोल्ने सन्तोषको विश्वास छ ।  फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ । ‘प्रेमगीत-३’ ऐतिहासिक प्रेमकथामा बनेको फिल्म हो । फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप