बीमा समितिले भन्यो- नयाँ कम्पनीलाई तत्काल लाइसेन्स दिन्नौँ
शुक्रबार, १८ असार २०७८, १७ : ११

बीमा समितिले नयाँ बीमा कम्पनीहरुलाई तत्कालै लाइसेन्स दिने योजना नरहेको स्पष्ट पारेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर बजारमा हल्ला गरिएको जस्तो नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नभएको स्पष्ट पारेका हुन् ।
पौडेलले विज्ञप्तिमा भनेका छन्- “नयाँ बीमा कम्पनीलाई इजाजत दिने समाचारहरूप्रति बीमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित छ ।”
पौडेलले समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारवाही समेत नगरेको स्पष्ट पार्न चाहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
-
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु
-
सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति समाजवादी पार्टीको असन्तुष्टि
-
‘चोरबाटो’बाट सांसदलाई ३४ अर्ब ६५ करोड बजेट
-
भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने
-
प्रदेश मामिला समितिद्वारा जाजरकोट भूकम्प पुनर्निर्माण सम्बन्धी सरकारलाई १० बुँदे निर्देशन र सुझाव