बीमा समितिले भन्यो- नयाँ कम्पनीलाई तत्काल लाइसेन्स दिन्नौँ
शुक्रबार, १८ असार २०७८, १७ : ११
बीमा समितिले नयाँ बीमा कम्पनीहरुलाई तत्कालै लाइसेन्स दिने योजना नरहेको स्पष्ट पारेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर बजारमा हल्ला गरिएको जस्तो नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नभएको स्पष्ट पारेका हुन् ।
पौडेलले विज्ञप्तिमा भनेका छन्- “नयाँ बीमा कम्पनीलाई इजाजत दिने समाचारहरूप्रति बीमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित छ ।”
पौडेलले समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारवाही समेत नगरेको स्पष्ट पार्न चाहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण