राजधानी बनेसँगै सुर्खेतमा आपराधिक घटना बढ्दो
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बनेसँगै सुर्खेतमा अपराधका घटनाहरु समेत बढ्न थालेको छ । बढ्दो शहरीकरण र मानिसको आवत–जावतमा वृद्धि हुन थालेपछि अपराधका घटनाहरु समेत बढ्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जारी गरेको तथ्यांक अनुसार चार वर्ष यता सुर्खेतमा २ हजार ३३४ वटा विभिन्न अपराधका घटना प्रकाशमा आएका छन् ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा जम्मा ४९६ वटा आपराधिक घटना भएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा ६९६ आपराधिक घटना भए भने आर्थिक वर्ष २०७६/०७७ मा ६६२ र आर्थिक वर्ष २०७७/०७८ को हालसम्म ५२० वटा विभिन्न प्रकारका आपराधिक घटना भएका छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ को हालसम्म सामाजिक अपराध सम्बन्धी ५२२, आत्महत्याका ४३३, महिला तथा बालबालिका सम्बन्धी ४१५, ज्यान सम्बन्धी ३५७, चोरी सम्बन्धी १ सय ११, संगठनिक तथा आर्थिक अपराध सम्बन्धी ३१४, सवारी सम्बन्धी १३८ र अन्य ४३ गरी २ हजार ३३४ वटा अपराधका घटना प्रकाशमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
-
कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
-
सुरक्षा र मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिन सरकारको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण