वेब सिरिज ‘स्मार्ट माया’, बैंकिङ्गमा माछापुच्छ्रे बैंकको नौलो प्रयोग
काठमाडौं । बैंकिङ्ग इतिहासमा पहिलो पटक माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड बारेको जानकारी दिन वेब सिरिज ‘स्मार्ट माया’ निर्माण गरेको छ ।
माछापुच्छ्रे बैंकले क्रेडिट कार्डको बारेमा जानकारी गराउने उद्देश्यले जनचेतनामूलक भिडियो सामाग्री (वेब सिरिज) निर्माण गरेको हो । यो सिरिज कुनै सिरियल हेरे जस्तै चाख लाग्दो छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना नयाँनयाँ प्रोडक्टलाई बजारमा नयाँ शैलीबाट पस्कने परम्परा नै बसेको छ । यहि परम्परालाई निरन्तरता दिँदै बैंकले यस्तो वेब सिरिज निर्माण गरेको जनाएको छ । बैंकले निर्माण गरेको यो सिरिजमा कोभिड–१९ ले समग्र क्षेत्रमा पारेका प्रभावसँगै कुनैपनि कारोबार गर्दा स्वास्थ्य सतर्कतालाई कसरी अवलम्बन गर्नेबारे पनि जानकारी समेटिएको छ ।

नेपाली बैंकिङ्ग इतिहासमा डिजिटल बैंकिङ्ग सेवाको बारेमा जानकारी गराउने उद्देश्यले जनचेतनामूलक सन्देश सहितको वेश सिरिजको निर्माण गरेको सम्भवत माछापुच्छ्रे बैंक पहिलो हो ।
बैंकले आम दर्शकहरु छोटो खालका मनोरञ्जनात्मक भिडियो सामाग्रीहरुमा आकर्षित भइरहेको अहिलेको समयमा दर्शकको चाहनालाई बुझेर समय सान्दर्भिक स्मार्ट माया वेश सिरिज निर्माण गरेको हो ।
बैंकले स्मार्ट माया सिरिजलाई पहिलो सिजनमा जम्मा ५ वटा श्रृङ्खला मात्र प्रशारण गर्ने बताएको छ । हाल ३ वटा श्रृंखला प्रशारण भइसकेका छन् । पहिलो र दोस्रो भाग रिलिज गरेको २४ घण्टा भित्रै १ लाखभन्दा बढि दर्शकले उक्त भिडियो हेरेको बैंकले जनाएको छ ।

अहिलेको चर्चित सोसल मिडिया प्लेटफर्म कल्ब हाउस देखि युवा पुस्तामा लोकप्रिय रहेको मेमसम्म स्थान ओगट्न सफल ‘स्मार्ट माया’ले ग्राहक तथा दर्शकलाई बैंकिङ्गमा क्रेडिट कार्ड बारे विस्तृत जानकारी दिने छ ।
माछापुच्छ्रे बैंकले आगामी सिरिजहरू झनै चाख लाग्दो र बैंकिङ्ग क्रेडिटबारे जनचेतना अभिवृद्धिमा थप योगदान गर्ने विश्वास लिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण