युरोमा बाँकी टोलीभन्दा इङ्ल्यान्ड कसरी विशेष छ ?
युरोकप फुटबलमा क्वाटरफाइनल खेलहरु सकिएका छन् । अब, चार टोलीमध्ये एकले उपाधि जित्नेछ । त्यसमध्ये पनि इङ्ग्ल्यान्डलाई धेरैले प्रमुख दाबेदारका रुपमा हेरेका छन् । यसका केही कारणहरु छन् ।
घरेलु मैदान
जारी युरो कपका सेमिफाइनल र फाइनल खेलहरु लण्डनस्थित बिम्बली रंगशालामा हुँदैछन् । त्यसैले घरेलु मैदानमा खेल्न इङ्ग्ल्यान्डलाई केही सहज हुने आँकलन गरिएको छ ।
गोल खाएको छैन
अर्का कुरा ग्यारेथ साउथ गेटको नेतृत्वमा रहेको इङ्ग्ल्यान्डले जारी प्रतियोगितामा पाँच खेलमा कुनै पनि गोल खाएको छैन । आगामी बुधबार, २३ असारमा नेपाली समयअनुसार १२ः ४५ मा इङल्यान्डले डेनमार्कको सामना गर्दैछ । र, उक्त खेलमा विजयी भएमा २७ असारमा हुने फाइनलमा स्थान बनाउनेछ ।
आक्रामक अग्रपंक्ति
इङल्यान्डको अग्रपंक्ति निकै उत्कृष्ट देखिएको छ । युक्रेनविरुद्ध ४–० को जित निकाल्दै इङल्यान्डले आफ्नो रवाफ देखाइसकेको छ । रहिम स्ट्रलिङ र कप्तान ह्यारी केन निकै फर्ममा छन् । दुईबीचको तालमेल पनि निकै राम्रो छ । युक्रेन विरुद्धको खेलमा ह्यारी केनलाई पहिलो गोलका लागि स्ट्रलिङले मिलाईदिएको पास निकै उत्कृष्ट थियो । त्यसैगरी गोलकिपर जोर्डन पिकफोर्ड पनि निकै लयमा देखिएका छन् । ५ खेलसम्म गोल नखानुले पनि उनको प्रदर्शनको पुष्टी गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण