चिकित्सकको स्वीकृतिबिना औषधि खरिद बिक्री गरेको आरोपमा २ जना पक्राउ
प्रहरीले चिकित्सकको स्वीकृति बिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१३ बस्ने २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका–१ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने सोही उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय करण चौधरी रहेका छन् । उनीहरुमध्ये जोशी औषधि खरिद गर्ने र चौधरी औषधि बिक्री गर्ने कार्यमा संलग्न रहेका थिए ।
सोही उपमहानगरपालिका–१ एलएन चोकमा साईकलमा आएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २० ट्याब्लेट स्पास्मो, २ क्याप्सुल परलिन र १२ क्याप्सुल प्रेगास्टार सहित फेला पारी आइतबार पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनले उक्त मेडिकोबाट औषधि खरिद गरेको खुल्न आएपश्चात चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
उक्त प्रालिबाट २ सय २ ट्याब्लेट स्पास्मो, २ सय ९७ क्याप्सुल परलिन र ६ सय १५ क्याप्सुल प्रेगास्टार समेत प्रहरीले बरामद गरेको छ । बरामद औषधिसहित जोशी र चौधरीलाई आवश्यक कारबाहीका लागी औषधी व्यवस्था विभाग नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण