जंगली हात्तीको आक्रमणबाट भारतीय पत्रकार घाइते
नेपालबाट भारततर्फ प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट एकजना भारतीय पत्रकार घाइते भएका छन् । आइतबार बिहान भारतको बिहार राज्यमा पर्ने सीतामढी जिल्लास्थित सुप्पी प्रखंड क्षेत्रमा जंगली हात्ती पुगेपछि रिपोर्टिङ गर्न गएका स्थानीय पत्रकार पुरुषोत्तम कुमार महतो हात्तीको आक्रमणबाट घाइते भएका हुन् ।
बाराबाट आएका जंगली हात्ती रौतहट सदरमुकाम गौर हुँदै भारततिर प्रवेश गरेको हो । क्यामेरा लिएर हात्ती नजिकै गएर भिडियो बनाउने क्रममा भारतीय पत्रकार महतोलाई हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आक्रमणपछि स्थानीयहरुले होहल्ला गर्दा हात्ती भागेको बताइएको छ । आक्रमणबाट गम्भीर रूपमा घाइते भएका पत्रकार महतोको सुप्पी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सितामढी अस्पताल पठाइएको हिन्दुस्तान दैनिकका बौरगनिआ सम्बाददाता राजकपुरले जनाएका छन् ।
बाराको कलैया नजिकैबाट शनिबार रौतहट छिरेका जंगली हात्ती अहिले भारतीय गाउँ जुडियाही हुँदै सुप्पी प्रखण्डमा पुगेको छ । बाराबाट रौतहटको फतुवा बिजयपुर, कटहरिया, उचिडिह, शिवनगर, मिठुअवा हुँदै शनिबार साँझ दुर्गा भगवती गाउँपालिका क्षेत्रमा पुगेको जंगली हात्ती राति १२ बजे सदरमुकाम गौरमा देखापरेको थियो ।
उक्त हाती बेलबिछवा गाउँ हुँदै सीमापारी गएको स्थानीयवासीले बताएका छन् ।
हाल उक्त हात्ती बैरगनिया भन्दा ७ किलोमिटर टाढा रहेको जुडियाही गाउँस्थित एउटा बगैँचामा देखिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले हात्तीको अवस्थाबारे पुष्टि गर्दै राष्ट्रिय निकुञ्ज पर्साको टोली र संयुक्त सुरक्षा टोली हात्तीको लोकेसनमा रहेको तथा उद्धारको पहल भइरहेको जनाए ।
उक्त हात्तीले शुक्रबार बिहान कलैया अवधापुरमा एकजना किसानको ज्यान लिएको थियो भने रौतहटमा पनि विभिन्न व्यक्तिको धनमाल नोक्सान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण