लुम्बिनी प्रदेश : राज्यमन्त्रीबाट राजीनामा दिएकी रायमाझीले प्रदेशसभामा पठाइन् समर्थन फिर्ताको पत्र
बुटवल । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट शुक्रबार राजीनामा दिएकी जसपा नेपालकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको जानकारीसहित प्रदेशसभा सचिवालयलाई पत्र पठाएकी छन् ।
जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने उल्लेख गर्दै उनले पत्रमा प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएको जनाएकी छन् ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जसपा सांसद रायमाझीले प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र बुझाएको जनाए । उनले सोही पत्रका आधारमा सांसद रायमाझीलाई विपक्षी बेन्चमा बस्ने व्यवस्था मिलाइने पनि जानकारी दिए ।
लुम्बिनी प्रदेशसभामा जसपाका ६ जना सांसदमध्ये रायमाझीसहित चारजना वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए ।
रायमाझीले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । बहुमतका लागि कम्तीमा ४२ सांसदको समर्थन आवश्यक रहनेमा प्रदेश सरकारको पक्षमा ४१ सांसदमात्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण