सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुगम पोखरेलले ल्याए ‘रात्रि बस मिसमास’

सोमबार, २१ असार २०७८, १४ : ४२
सोमबार, २१ असार २०७८

गायक सुगम पोखरेलको नयाँ गीत ‘रात्रि बस मिसमास’ सार्वजनिक भएको छ । लोकलयमा आधारित गीतमा शब्द तथा लय संकलक पनि गायक पोखरेल कै रहेको छ । गीतमा शैलेन्द्र एम प्रधानको संगीत संयोजन, गिटार तथा पर्कुसन वादन सुन्न सकिन्छ भने गीतका रेकर्डिष्ट पनि प्रधान नै हुन् । गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन छ ।

गीतको म्युजिक भिडियो पनि बनेको छ । जसको सम्पादक तथा निर्देशक विजेश पौडेलले गरेका हुन् । भिडियोमा भिएफएक्स प्रविधिको सदुपयोग गरिएको छ । भिएफएक्समार्फत भिडियोमा गायक पोखरेल र रात्रि बसलाई आकर्षक शैलीमा संयोजन गरिएको छ ।

गीतमा पोखरेलले आफ्नी मायालुलाई मुग्लिन, बुटवल, लमही, अत्तरिया आदि स्थानमा पर्खिन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप