बेलायतमा बढ्दै संक्रमण, एकैदिन २७ हजार बढी नयाँ संक्रमित
बेलायतमा पछिल्लो २४ घन्टामा २७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २७ हजार ३३४ नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या एक सातामा २१ प्रतिशतले वृद्धि भएको हो ।
नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४९ लाख ३० हजार ५३४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । संक्रमण दरमा वृद्धि भएपनि मृतक संख्यामा भने खासै फरक परेको छैन । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार २३१ पुगेको छ ।
बेलायतमा ७ करोड ९० लाख बढी खोप वितरण
बेलायतमा ७ करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुलाई ५ सम्मको तथ्यांक अनुसार यहाँ ६४ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव १ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ९० लाख ७८ हजार ८१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५३ लाख ५१ हजार ७१९ जनाले पहिलो र तीन करोड ३७ लाख २६ हजार ३६२ जनाले दोस्रो डोज लगाएका छन् ।
बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमण दरमा तीव्रता आएपनि सरकारले आगामी जुलाई १९ बाट लकडाउन सहज बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण