सतीश चापागाईँको ‘सरकार चाहियो' सार्वजनिक
मङ्गलबार, २२ असार २०७८, ०८ : ३१
संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईँको ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका हुन् भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो।
मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गरेका छन् ।
भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसँगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ ।
गीतकार चापागाईं नेपालमा लामो समय पत्रकारिता गरेर केहि बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण