शम्भुजितको निर्देशनमा कृष्ण र करिश्माले देखाए प्रेम
संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गीत ‘मेरो याद जरुर आउला’ सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर तथा बालकृष्ण ‘सन्जिव’को शब्द रहेको गीतको एरेन्ज रीकेस गुरुङले गरेका हुन् ।
प्रेम र बिछोडका पिडाहरु ब्यक्त गरिएको यो आधुनिक गीतमा संगीतकार बास्कोटाले निकै आकर्षक तरिकाले संगीत भरेका छन् । संगीत जो कोहीलाई पनि मोहित बनाउने खालको रहेको छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । जसमा अभिनेता कृष्ण मल्ल, करिस्मा मानन्धर, संजय अधिकारीलगायतको अभिनय देख्न सकिन्छ । करिस्मा र कृष्ण भिडियो निकै राम्रो अभिनयका साथ प्रस्तुत भएका छन् ।
उत्तम हुमागाईको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोमा संगीतकार बास्कोटालेनै निर्देशन गरेका हुन् । नेपालको पहिलो भिडियो निर्देशक समेत रहेका बास्कोटाले भिडियो प्रेम, प्रेमपिडा र श्रीमान् श्रीमतीको सम्बन्ध निकै आकर्षक तरिकाले भिडियोमा उतारेका छन् । भिडियोमा गायक सत्यराज समेत गायकको रुपमा प्रस्तुत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण