फिल्म ‘रिभेन्ज’ले ल्यायो गीत ‘नशालु छ यो रात’
मङ्गलबार, २२ असार २०७८, १५ : ४६
काठमाडौँ । निषेधाज्ञा खुलेसँगै नेपाली फिल्मका गतिविधि पनि बिस्तारै हुन थालेका छन् । छायाङ्कन रोकिएका फिल्म अहिले छायाङ्कनका लागि तयारीमा जुटेका छन् भने तयार फिल्मले गीत तथा प्रोमो सार्वजनिक गर्न थालेका छन् ।
यस्तैमा फिल्म ‘रिभेन्ज’को ‘नशालु छ यो रात’ शीर्षकको गीत सार्वजनिक गरेको छ । राजु लामाको सङ्गीत रहेको गीतमा दीपक घिमिरे तथा दीलु श्रेष्ठको स्वर छ ।
गीतमा फिल्मका मुख्य कलाकार रविन श्री तथा माया चाहर देखिएका छन् । गीतका शब्द इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले कोरेका हुन् । कृष्ण पाण्डेको छायाङ्कन रहेको गीतमा विश्वास महर्जनको कोरियोग्राफी छ । शङ्कर अधिकारी ‘घायल’को निर्देशन रहेको यो फिल्म कोरोनाको कहर कम भएपछि रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण