‘द भ्वाइस अफ नेपाल’को विजेता दर्शकले छान्ने
काठमाडौंँ । रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिएका छन् । नकआउट राउन्डबाट चार जना कोचले उत्कृष्ट तीन–तीन जना प्रतिस्पर्धी छानेर लाइभ राउन्डका लागि १२ प्रतियोगी चयन गरेका हुन् ।
फाइनल भिडन्तका लागि छानिएका १२ मध्येबाट एक विजेता छान्ने अधिकार दर्शकमा दिइएको छ । दर्शकका लागि भोटिङ राउण्ड खुल्ला गर्दै आयोजकले यो अधिकार दिएको हो ।
ब्लाइण्ड अडिसनदेखि हालसम्म कसलाई अगाडी बढाउने भन्ने अधिकार कोचलाई थियो । तर, अब भने नितान्त दर्शकको भोटका आधारमा प्रतिस्पर्धी अगाडी बढ्ने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धाको फाइनल भिडन्तमा टीम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली, रवि गहत राज र टीम दीपबाट आर्यन तामाङ, गोभिन पुन, जेनिस राई छानिएका छन् ।
यस्तै टीम राजुबाट बिजय ठाडामगर, सोनाम शेर्पा, तारा श्रीष र टीम तृष्णाबाट अफ्रिता खड्गी, ज्वाला राई, कर्णराज गिरी छानिएका छन् । चारवटै टिमका एकएक जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने र एकजना विजेता छानिने प्रतियोगिताको प्रायोजक ओपो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण