भारतमा ५६ दिनपछि निको हुनेभन्दा नयाँ संक्रमितको संख्या बढी, सक्रिय संक्रमितमा पनि वृद्धि
भारतमा बुधबार ४५,७२४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यतिबेला ४४,५०६ जना निको भए र ८१९ जनाको संक्रमणका कारण निधन भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा पनि ३५९ को वृद्धि दर्ता गरिएको छ ।
भारतमा ५६ दिनपछि निको हुने संक्रमितभन्दा नयाँ संक्रमित बढी देखिएको हो । ५६ दिनपछि नै सक्रिय संक्रमितमा पनि वृद्धि देखियो । यसअघि १२ मे मा ३.६२ लाख नयाँ संक्रमित भेटिएका थिए र ३.५२ लाख बिरामी निको भएका थिए । यस्तै त्यसै दिन, सक्रिय संक्रमितमा पनि ६,३९९ को वृद्धि भएको छ । त्यस दिनदेखि सक्रिय संक्रमितमा लगातार गिरावट भइरहेको थियो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल नयाँ संक्रमितः ४५,७२४
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ४४,५०६
पछिल्लो २४ घण्टामा कूल मृत्युः ८१९
हालसम्म कूल संक्रमित भइसकेकाः ३.०७ करोड
हालसम्म निको भएकाः २.९८ करोड
हालसम्म कूल मृत्युः ४.०५ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ४.५४ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण