के प्रेममा छन् वर्षा र राज ?
कोरोनाको कहरका कारण निर्माण प्रदर्शनका हिसाबले सुस्ताएको फिल्म नगरी कलाकारका फेसन, प्रेम र रोमान्सका गसिपले भने सधैँ चर्चाको केन्द्रमा छ । पछिल्लो समय फिल्म क्षेत्रमा चर्चाको विषय अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालको प्रेम सम्बन्ध भएको छ ।
दुवैले खुलेर प्रेम स्वीकार नगरे पनि उनीहरू प्रेममा रहेको कुरा भने लुक्न सकेको छैन । गत वर्ष एकसाथ होली मनाएपछि प्रेममा रहेको चर्चा चलेका यी दुवै मिडियामा भने आफूहरू राम्रो साथी रहेको बताउँदै आएका छन् । तर सामाजिक सञ्जालमा उनीहरूको पोस्ट नियाल्ने हो भने दुवै बिच प्रेम रहेको अनुमान सजिलै गर्न सकिन्छ ।
कोरोनाको कारण केही अगाडि जारी निषेधाज्ञामा एक अर्कोसँग भेट्न नपाएपछि सामाजिक सञ्जाल मार्फत एक अर्काको प्रेम व्यक्त गरेका वर्षा र राज निषेधाज्ञा खुकुलो भएपछि भने दैनिक जसो एकसाथ देखिन थालेका छन् । गत मङ्गलबार स्नेहा आश्रममा एक व्यक्तिको बर्थ–डे मनाउन समेत उनीहरू साथ पुगेका थिए । सोही दिन वर्षाले इन्स्टास्टोरीमा राजसँगको एउटा तस्बिर शेयर गरेकी थिइन् ।
तस्बिरमा वर्षाले राजको छातीमा आफ्नो शिर राखेर खुसीको मुस्कान छाडेको देख्न सकिन्छ । जुन तस्बिरबाट पनि उनीहरू प्रेममा रहेको जो कोही ले पनि अनुमान गर्न सक्दछन् ।
मिडियाको अगाडि प्रेम स्वीकार गर्न बाकी भएपनि यो जोडीले सामाजिक सञ्जालको माध्यमबाट भने प्रेम व्यक्त गरिरहेका छन् । केही अगाडि वर्षाले राजसँग भिडियो कलमा कुराकानी गर्दाको स्क्रिन सट इन्स्टामा राख्दै राजले आफूलाई सधैँ खुसी दिने प्रयास गरेको बताएकी थिइन् ।
अमेरिकामा बस्ने सविनजंग थापासँग ब्रेकअप भएपछि वर्षा राजसँग नजिकिएकी हुन् । अभिनेत्री पूजा शर्माको माध्यमबाट यी दुवै नजिकिएको बताइन्छ । अहिले दुवैले विवाह प्लानिङ गरेको फिल्म क्षेत्रमा चर्चा छ । तर प्रेम र विवाहको विषयमा भने दुवैले आधिकारिक मुख खोल्न भने बाकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण