कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । यसमध्ये केवल तीन देशमा एक तिहाइभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृतक छन् ।
अमेरिका र युरोपमा नयाँ संक्रमण र मृत्युका घटना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले खोप लगाइसकेको छ । तर, विकासशील देशहरु अहिले पनि कोरोनासँग जुधिरहेका छन् । यहाँ, नागरिकका लागि पर्याप्तको खोप उपलब्ध भइसकेको छैन ।
बढी संक्रामक र खतरनाक मानिएको डेल्टा भेरिएन्टका कारण पनि केही देश र क्षेत्रमा मृतकको संख्या बढेको छ । अमेरिकामा अहिले नयाँ संक्रमितमध्ये ५० प्रतिशतभन्दा धेरैमा डेल्टा भेरियन्ट देखिएको छ । विश्व स्वास्थ संगठनले नोबेल कोराना भाइरसलाई वैश्विक महामारी घोषणा गरेको १ सय ९१ दिनपछि १८ सेप्टेम्बर २०२० मा मृतकको संख्या १० लाख नाघेको थियो । त्यसको १ सय १५ दिनपछि मृतक संख्या २० लाख पुग्यो । थप ८८ दिनपछि ३० लाख नाघ्यो र अहिले अर्को ८९ दिनपछि ४० लाख नाघेको छ ।
विशेषगरी विकासशील विश्वमा कोरोना परीक्षण सुस्त गतिमा भइरहेको छ । त्यहीकारण, संक्रमितहरुको यकिन संख्या पहिचान हुन सकेको छैन । विज्ञहरुका अनुसार अधिकारिक रुपमा दर्ज भएको संख्याभन्दा वास्तविक मृतकको संख्या निकै बढी हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण