कोपा अमेरिकाको फाइनलमा मेस्सीले तोड्न सक्छन् यी कीर्तिमान
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । जारी कोपा अमेरिकामै उनले यो कीर्तिमान बनाएका हुन् । मेस्सी यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखिएका छन्, उनले चार गोल र पाँच एसिस्ट गरिसके । अर्जेन्टिनाले जारी प्रतियोगितामा गरेका ११ गोलमध्ये ९ वटा गोलमा कप्तान मेस्सी प्रत्यक्ष रूपमा संलग्न छन् ।
मेस्सीले जारी प्रतियोगितामा बनाएका कीर्तिमान यस्ता छन् :
१ अर्जेन्टिनाका लागि सर्वाधिक खेल
मेस्सीले पूर्व कप्तान जाभियर मास्चेरानोको कीर्तिमान तोड्दै अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेले । मास्चेरानोले अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १ सय ४८ पुग्यो । कोलम्बियाविरुद्धको सेमिफाइनल खेल उनको १ सय ५० औँ अन्तर्राष्ट्रिय खेल थियो ।
२ छ वटा कोपा अमेरिका खेल्ने पहिलो अर्जेन्टिनी
मेस्सीले अहिलेसम्म ६ वटा कोपा अमेरिका खेलिसकेका छन् । उनले २००७ देखि २०२१ सम्म निरन्तर रूपमा कोपामा प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि मास्चेरानोको नाममा सर्वाधिक ५ वटा कोपा खेल्ने कीर्तिमान थियो ।
३ एकै प्रतियोगितामा सर्वाधिक एसिस्ट
जारी प्रतियोगितामा मेस्सीले ६ खेलमा पाँचवटा एसिस्ट गरिसकेका छन् । कोपा अमेरिकाको एकै संस्करणमा यति धेरै एसिस्ट गर्ने मेस्सी पहिलो खेलाडी हुन् ।
मेस्सीले बनाउन सक्ने थप कीर्तिमान
१. सर्वाधिक धेरैपटक कोपा खेल्ने कीर्तिमान
फाइनल खेलेसँगै मेस्सीका नाममा यो कीर्तिमान संयुक्त रूपमा कायम रहनेछ । चिलीका सर्जियो लिभिङस्टोनले अहिलेसम्म कोपामा सर्वाधिक ३४ खेल खेलेका छन् । अहिलेसम्म आफ्नो खेलसंख्या ३३ पुर्याएका मेस्सीले फाइनलमा मैदान उत्रनासाथ यो कीर्तिमान बराबरी गर्नेछ ।
२) कोपा अमेरिकामा सर्वाधिक गोल
जारी कोपामा मेस्सीले ६ खेलमा चार गोल गरेका छन् । कोपाका ६ वटा संस्करण खेल्ने क्रममा मेस्सीले कुल १३ गोल गरेका छन् । ब्राजिलका जिजिन्हो र अर्जेन्टिना नोर्बेर्टो मेन्डेजका नाममा कोपामा सर्वाधिक १७–१७ गोल गर्ने कीर्तिमान छ । यो कीर्तिमान बराबरी गर्न मेस्सी अझै चार गोलले पछि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण