के तीन डोजले पाइन्छ कोरोनाबाट पूरा सुरक्षा ? फाइजरले तेस्रो डोजका लागि माग्नेछ अनुमति
दुनियाँको एउटा ठूलो औषधी कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोना भ्याक्सिनको तेस्रो डोजका लागि अनुमति माग्ने भएको छ ।
कम्पनीका अनुसार १२ महिना भित्र अर्को एउटा डोजले कोरोनाविरुद्धको प्रतिरोधी क्षमतालाई नाटकीय रुपमा बुस्ट गर्नसक्छ ।
यसले डेल्टा भेरियन्टबाट हुने संक्रमणबाट लड्नका लागि पनि मद्दत गर्ने कम्पनीले दाबी गरेको छ । थुप्रै देशमा गरिएको अनुसन्धानमार्फत् पत्ता लागेअनुसार फाइजरको यो खोपले डेल्टा भेरियन्टविरुद्ध बलियो सुरक्षा प्र्रदान गर्न सक्षम छ ।
यो खतरनाक भेरियन्ट यतिबेला संसारभरी फैलिरहेको छ र अमेरिकामा भेटिइरहेका कोरोनाका बिरामी धेरैजसो यसै डेल्टा भेरियन्टद्वारा संक्रमित भइरहेका छन् ।
हाल उपलब्ध अधिकांश खोपका दुई डोज कोरोनाभाइरसको डेल्टा भेरियन्टका लागि मात्रै नभई सबै संस्करणविरुद्ध, भाइरसद्वारा लड्ने एन्टीबडी विकसित गर्नका लागि महत्वपूर्ण छ ।
अधिकांश देश अहिले पनि त्यो सुरवाती सुरक्षात्मक डोज हासिल गर्नका लागि व्यग्र छन् किनभने महामारी अझै रोकिएको छैन ।
तर समयसँगै एन्टीबडी स्वभाविक रुपमा कम हुन्छ । यसैकारण बुस्टरको आवश्यकता कहिले र किन आवश्यक पर्ला भनेर पत्ता लगाउने कोसिस भइरहेको छ ।
बिहिबार फाइजरका डा. मिकेल डलस्टनले समाचार एजेन्सी असोसिएटेड प्रेसलाई बताए अनुसार कम्पनीको बुस्टर स्टडीको सुरुवाती आँकडाबाट पत्ता लाग्छ कि मानिसहरुको एन्टीबडीको स्तर तेस्रो डोजपछि त्यसका दुई डोजको तुलनामा पाँचदेखि १० गुणा बढ्ने गर्छ ।
अगस्टमा फाइजरले तेस्रो डोजको आपतकालीन अनुमतिका लागि अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनबाट अनुमति लिने योजना बनाइरहेको छ ।
डलस्टनले बेलायत र इजराइलको आँकडातर्फ इशारा गर्दै भने, ‘तेस्रो डोजले डेल्टा भेरियन्टलाई निकै राम्रोसँग निस्प्रभावी बनाउँछ ।’
उनले भने, ‘धारणा यो हो कि जब एन्टीबडी निकै कम हुन्छ तब डेल्टा भाइरस प्रतिरोधी क्षता फिर्ता आउनु अघि एक हल्का संक्रमणको कारण बन्न सक्छ ।’
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण