टिआरको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक
गीतमा मन छुने शब्द समेटेर सबैको मन जित्दै आएका गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीत संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।
गीतमा संगीत गिरीकै स्वर रहेको छ । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । जसमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । निर्देशक समेत रहेका अभिनेता मोडल प्रथम खड्काको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । उनका नृत्यका फरक स्टेप र हाउभाउ तारिफयोग्य छन् । अभिनेता पुष्प र गरिमाको नृत्य र अभिनय पनि सुहाउँदो छ ।
गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा फरक र आकर्षक स्टेप प्रयोगमा माहिर मानिने निर्देशक चन्दको यो भिडियो पनि राम्रो बनेको छ । माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, साइलेन लम्सालको सम्पादन रहेको छ ।
माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र बिछोड समेत ब्यक्त गरेको छ । गीतकार टिआर ब्यवसायी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण