सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा एकैदिन ३३७ कोरोना संक्रमणमुक्त, थप ७ जनाको मृत्यु

शुक्रबार, २५ असार २०७८, १७ : ५४
शुक्रबार, २५ असार २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्कीमा ३, बागलुङ ३ र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–२ की ४८ वर्षीय महिला, पोखरा–७ का ९३ बर्षिय पुरुष, पोखरा–२१ का ९४ वर्षीय पुरुष, बागलुङ बडिगाड –५ की ५२ वर्षीय महिला, बागलुङ नगरपालिका –२ का ७८ वर्षीय पुरुष, बागलुङ नगरपालिका –३ की ५५ वर्षीय महिला र तनहुँ म्यादे–३ की ५५ वर्षीय महिलाको उपचारका क्रममा  अस्पतालमा मृत्यु भएको संयोजक शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९८८ पुगेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा थप २८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११७ जनाको नमुना परीक्षण गरिएकामा २८१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १५७ पुरुष र १२४जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका १२९, म्याग्दीका ४, पर्वत २२, गोरखा ९, तनहुँ २, लमजुङमा २३, बाग्लुङ ४८, स्याङ्जाका ७ र नवलपुरका ३७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ हजार ६२९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४  हजार ५४१ पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप