एमालेमा सहमति भएको भनिएकै बेला प्रचण्ड-नेपालबीच भेट
शनिबार, २६ असार २०७८, १६ : २६
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ । एमालेको विवाद मिलाउने सहमति भएको भनिएकै बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शनिबार बिहान प्रचण्ड र नेपालबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो । विपक्षी गठबन्धनमा रहेका नेपालले सो क्रममा सर्वोच्चमा परेको मुद्दा प्रभावित हुनेगरी कुनै सहमति नहुने स्पष्ट पारेको बताइएको छ । आजै प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको छ ।
आजै एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बोलाइएको छ । तर कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण