एमालेमा सहमति भएको भनिएकै बेला प्रचण्ड-नेपालबीच भेट
शनिबार, २६ असार २०७८, १६ : २६

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ । एमालेको विवाद मिलाउने सहमति भएको भनिएकै बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शनिबार बिहान प्रचण्ड र नेपालबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो । विपक्षी गठबन्धनमा रहेका नेपालले सो क्रममा सर्वोच्चमा परेको मुद्दा प्रभावित हुनेगरी कुनै सहमति नहुने स्पष्ट पारेको बताइएको छ । आजै प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको छ ।
आजै एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बोलाइएको छ । तर कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस
-
ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या
-
झगडै झगडामा ढुङ्गाले टाउकोमा हानेर श्रीमतीको हत्या
-
‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति