कर्णाली प्रदेशसभा : एमालेको अवरोध कायमै, मुख्यमन्त्री हेलिकप्टर चढेर हुम्ला गएकोप्रति आपत्ति
कर्णाली प्रदेशसभामा एमालेको अवरोध कायमै रहेको छ । आइतबार प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १६ औँ बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर अवरुद्ध गरेको छ।
बजेट प्रस्तुत भएको तीन साता बितिसक्दा पनि एमालेको अवरोधका कारण बजेट माथि छलफल हुन सकिरहेको छैन । आइतबारको बैठकमा पनि एमालेले आफूले उठाएको राजनीतिक मुद्दाबारे सरकारले चासो नदिएको भन्दै बैठक अवरुद्ध गरेको हो । प्रदेशसभा सांसद पदमबहादुर रोकायले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने अडान दोहोर्याए ।
रोकायाले संसद्मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रवार हेलिकप्टर चढेर हुम्ला गएको प्रति पनि आपत्ति जनाए । उनले भने, ‘ सङ्घीय सरकारले नदिएको अधिकार प्रयोग गरेर चीनको नाकासम्म हेलिकप्टरको प्रयोग गरेर मस्ती गरिरहेका छन्। एकातर्फ हामीले एक महिनासम्म संसद् अवरुद्ध गरिरहेका छौँ । सरकारको कुनै ध्यान छैन।’
साथै उनले रातो किताबमा एमालेका सांसदका योजना नपरेको समेत बताए । कुनै जिल्लामा अर्बौँ बजेट र कुनै जिल्लामा एउटै नहुने अवस्था रहेको बताए । यति मात्र हैन रोकायले आफ्नो पार्टी नीति,पद्धति अनुसार चल्ने भएकाले प्रदेशमा त्यही अनुसार चलेको दाबी गरे ।
झन्डै १४ मिनेट रोकायाले धारणा राखेपछि प्रतिपक्ष दल विगत जस्तै उभिरह्यो । सभामुख राजबहादुर शाहीले पटक–पटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि एमालेले नटेरेपछि असार २९ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरे । यसरी एमालेले संसद् अवरुद्ध गरिरहँदा प्रदेश सरकारले ल्याएको बजेट अन्योलमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण