फुट्नै लागेको जसपामा नेताको तानातान
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका निवर्तमान सांसदहरुलाई आफूतिर तान्ने कोसिस गरिरहेको ठाकुर पक्षका नेताहरुको गुनासो छ । केन्द्रीय कार्यकारिणी समितिमा बहुमतमा रहेका अध्यक्ष यादवले भोलि संसद पुनस्र्थापना भइहालेमा सांसदमा पनि बहुमत पुर्याउनका लागि अध्यक्ष ठाकुरका पक्षमा रहेका सांसदहरुलाई आफूतिर तान्ने प्रयास गरिरहेको ठाकुर पक्षकै नेताहरु बताउँछन् । त्यसका लागि उनले आफ्ना पक्षका नेताहरु इस्तियाक राई, प्रदीप यादव, रेणु यादव र रामसहाय यादव लगायतलाई खटाएको महन्थ पक्षका नेताहरुको आरोप छ ।
संसद पुनःस्थापना हुने निश्चित छ, पुनस्र्थापना भएपछि ओली सरकार रहँदैन, माओवादी, काँग्रेस, जसपा गठबन्धनको सरकार बन्छ भन्दै उपेन्द्र यादव पक्षका नेताहरुले फकाइरहेको ठाकुर पक्षका नेताहरु बताउँछन् ।
उपेन्द्र यादव पक्षबाट महन्थ ठाकुर पक्षमा लागेका विघटित प्रतिनिधिसभाका सांसद उमाशंकर अरगरियाले भने, ‘उपेन्द्र यादव पक्षका नेताहरुले यताका सांसदहरुलाई विभिन्न प्रलोभन दिइरहेको कुरा मेरो जानकारीमा आएको छ । तर, उहाँको प्रलोभनमा कुनै पनि नेता पर्नुहुन्न ।’
विघटित प्रतिनिधिसभामा जसपासँग ३४ जना सांसद थिए । त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरि रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेका ३२ जनामध्ये २० जना महन्थ ठाकुरको पक्षमा छन् भने १२ जना उपेन्द्र यादवको पक्षमा छन् । केन्द्रीय कार्यकारिणी समितिमा भने उपेन्द्र यादव पक्षको बहुमत छ ।
जसपाका दुबै पक्षका नेताहरुले निर्वाचन आयोगमा पुगेर आ–आफ्नो बाटो लाग्ने सहमति जनाइसकेका छन् । जसपाको विभाजनका लागि निर्वाचन आयोगले इजलास गठन गरेको छ, जसले साउन ३ गते पहिलो सुनुवाई गर्दैछ ।
यसैबीच, जसपाको एकता खारेज गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जसपाको एकीकरण नै प्रक्रियासम्मत नभएको भन्दै पूर्व राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाका तर्फबाट अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण